चाेभारमा प्रहरीद्वारा व्यापक धरपकड

163

काठमाडौं / सरकारले चोभारस्थित हिमाल सिमेन्ट कारखानाको जग्गामा सुख्खा बन्दरगाह निर्माणमा अवरोध गरेको भन्दै प्रहरीले स्थानीय २३ जनालाई नियन्त्रणमा लिएको छ । प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिएपछि अहिले त्यहांको स्थिती तनावपूर्ण रहेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले अहिले केही बेरमा शिलान्याश गर्ने कार्यक्रम तय भएपछि चोभार संरक्षण समितिले विरोध गर्दै शिलान्यामा अवरोध पु¥याउन खोजेपछि प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिएको हो ।

चोभार संरक्षण समितिका संयोजक पंचलाल महर्जन, सचिब दिपक महर्जन, फिल्ड संयोजक ज्ञनेन्द्र महर्जन, इन्द्रबहादुर महर्जन, संगिता बोगटी, अम्कन कर्माचार्य, मिलन खड्का, गोबिन्द थापा, सुबर्ण महर्जन, बल्केश्वर तुलाधर, किरण महर्जन, बिबश महर्जन लगायत दर्जनौं स्थानीय लाई प्रहरीले धरपकड गरेको छ । 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here