डा गोविन्द केसी कम्युनिष्टको विरुद्धमा लागेः भट्टराई

305

इलाम, नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता योगेश भट्टराईले इलाममा अनशनरत डा गोविन्द केसी कम्युनिष्टको विरुद्धमा लागेको बताएका छन् ।

प्रेस चौतारी र प्रेस सेन्टरले इलाममा आयोजना गरेको अन्तरक्रियामा उनले डा गोविन्द केसीलाई ‘कम्युनिष्ट फोबिया’को सङ्ज्ञा दिए ।

नेता भट्टराईले विगतमा डा केसीसँग भएका अधिकांश सम्झौता कार्यान्वयन भएको उल्लेख गर्दै संसद्मा रहेको विधेयक सबै पार्टीसँग लामो समय छलफल भएर समितिबाट पारित भएको बताए ।

“राजतन्त्र फ्याँक्ने बेलामा राजा ज्ञानेन्द्रलाई पनि संसद्को निर्णय मान्य भयो भने अहिले डा गोविन्द केसीलाई चाहिँ त्यही संसद्ले गरेको निर्णय किन मान्य हँुदैन ?” उनले प्रश्न गरे ।

प्रतिनिधिसभा, चिकित्सा शिक्षा तथा स्वास्थ्य विधेयक समितिका सदस्यसमेत रहेका भट्टराईले समितिबाट पारित चिकित्सा शिक्षा तथा स्वास्थ्य विधेयकको अध्ययन नगरी डा केसी अनशन बस्न इलाम आएको बताए ।

“चुनावका बेला चारतारे झण्डा बोकेर हिँड्ने व्यक्ति तटस्थ व्यक्ति हुँदैन”, उनले भने, “डा केसीले भनेबमोजिम विधेयकमा उपत्यकाभित्र १० वर्ष मेडिकल कलेज नखोल्ने, मेडिकल कलेज स्थापनाका लागि ३०० श्ययाको र डेण्टल तथा नर्सिङका लागि १०० श्ययाको अस्पताल अनिवार्य र त्यो अस्पताल तीन वर्ष सञ्चालन भएकै हुनुपर्ने अनिवार्य व्यवस्था गरिएको उल्लेख गरे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here