अर्बपति विनोद चौधरीलाई सर्वोच्चबाट प्रतिबन्ध

104

काठमाडौं / विश्वका अर्बपतिहरुको स्रूचिमा नेपाली अर्बपतिका रुपमा पटक – पटक सूचिकृत हुन पुगेका विनोद चौधरीलाई सर्वोच्च अदालतले मोबाइल सेवा सञ्चालन गर्न रोक लगाएको छ ।

विवादित न्यायाधीश दीपक राज जोशीको एकल इजलासले अन्तरिम आदेशबाट चौधरीको सिजी कम्युनिकेसन प्रा लि लाई मोबाइल सेवा सञ्चालन गर्न १० पुसमा दिएको अन्तरिम आदेश सर्वोच्च अदालतले खारेज गरिदिएको छ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा र न्यायाधीश ईश्वर खतिवडाको पूर्ण इजलासले यसअघि जारी भएको आदेश खारेज हुने आदेश सुनाएको हो ।

१० पुसमा बिनोद चौधरीको स्वामित्वको सिजी कम्युनिकेसनमाथि नेपाल दूरसञ्चार प्राधिकरणबाट विभेदयुक्त व्यवहार भएको ठहर गर्दै समानताका आधारमा सेवा सञ्चालनमा सहभागी गराउन आदेश दिएको थियो । यो आदेश चौधरीको प्रभावबाट भएको आशंका पहिले नै गरिएको थियो ।

सिजी कम्युनिकेसन कम्पनीलाई आधारभुत टेलिफोन सञ्चालन गर्न दिएको अन्तरिम आदेश खारेजीको माग गर्दै सर्वोच्चमा भ्याकेट निवेदन दर्ता भएको थियो । प्राधिकरणको तर्फबाट निमित्त प्रमुख पुरुषोत्तम खनालले निवेदन दर्ता गराएका थिए । विनोद चौधरीको सिजी कम्युनिकेसनले अदालतमा गलत तथ्य पेश गरेको भनि दूरसंचार प्राधिकरणले सर्वोच्चमा रिट गरेको थियो ।

स्मरणीय छ,  विनोद चौधरीले आफ्नो सिजी इलेक्ट्रोनिक्समा आगलागि भएको भन्दै बढि क्षति मुल्यांकन गराई बीमा दाबी गरेका थिए । सो दाबी बीमा ठगी भएको ठहर गर्दै उच्च अदालत पाटनले चौधरीलाई बीमा रकम फिर्ता गर्न आदेश गरेको थियो । सो मुद्वा पनि सर्वोच्च अदालतमा आफ्नो पक्षमा पार्न आफ्नो समेत स्वामित्व रहेको बीमा कम्पनी मार्फत अर्बपति चौधरीले गत वर्ष पुनरावेदन गराएका थिए ।

 

अर्बपति चौधरी नेपालमा पटक-पटक ठगीमा आरोपित भइरहेका छन् । चौधरीले आफ्ना दुई छोराहरुलाई विदेशी नागरिक बनाएर नेपालबाट पुँजी पलायन गर्ने गरेका छन् । उनलाई नेपालको कानुनले पुँजी पलायनमा रोक लगाउन नसक्ने प्रावधान रहेको छ । अर्बपति चौधरी नेपाली कांग्रेसका तर्फबाट व्यवस्थापिका संसदमा समानुपातिकतर्फबाट मनोनित सदस्य समेत रहेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here