प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत ७५३ जनाको आवेदन खुल्यो

129

 काठमाडौं /  श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत करार नियुक्तिमा ७५३ जनाको कोटाका लागि आवेदन खुलेको छ ।   ७०५ अधिकृत र ४८ नायव सुब्बास्तरको लागि जागिर  खुलेको हो ।

२१ वर्ष पूरा भइ ४५ वर्ष ननाघेका व्यक्तिले शुक्रबारदेखि १५ दिनभित्र प्रधानमन्त्री कार्यलयको वेवसाइटबाट आवेदन दिन सकिने जनाइएको छ । आवेदनमा कम्प्युटर, मल्टिमिडिया, स्क्यानर र प्रिन्टरको ज्ञान भएको व्यक्ति खोजिएको छ।

सरकारले  युवालाई रोजगार नभए निर्वाहभत्ताको व्यवस्था कार्यान्वयन गर्न प्रत्येक स्थानीय तहमा रोजगार संयोजक नियुक्त गर्न थालेको हो। जसअनुसार १० हजारभन्दा कम जनसंख्या भएको स्थानीय तहमा नायब सुब्बा र १० हजार भन्दा बढी जनसंख्या भएको स्थानीय तहमा अधिकृत तहको रोजगार सूचना केन्द्र नियुक्त गर्न थालिएको जनाइएको छ ।

प्रदेश अनुसार यसरी छुट्याइएको छ कोटा :

प्रदेश १- १३० जना अधिकृत र सात जना सुब्बा

प्रदेश २-१३६ अधिकृत

प्रदेश ३- ११२ जना अधिकृत ७ जना नायब सुब्बा

गण्डकी प्रदेश-७४ जना अधिकृत र ११ जना नायब सुब्बा

प्रदेश ५- १०९ जना अधिकृत

कर्णाली प्रदेश- ६२ जना अधिकृत र १७ जना नायव सुब्बा

सुदूरपश्‍चिम प्रदेश- ८२ जना अधिकृत र ६ जना नायव सुब्बा

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here