बार्सिलोना कोपा डेल रे को क्वाटरफाइनलमा

55

एजेन्सी/बार्सिलोना स्पेनिस कोपा डेल रे फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

बिहीबार भएको दोस्रो लेगमा घरेलु टोली बार्सिलोनाले लेभान्टेलाई ३–० गोलले पराजित गर्दै समग्रमा ४–२ गोलअन्तरको जित निकालेर क्वाटरफाइनलमा प्रवेश गरेको छ । बार्सिलोनाले यसअघिको पहिलो लेगमा भने २–१ गोलअन्तरको हार ब्यहोरेको थियो ।

नाउ क्याम्पमा भएको खेलमा बार्सिलोनाको जितमा औस्माने डेम्बेलेले दुई गोल गर्दा कप्तान लियोनल मेस्सीले एक गोल गरे । खेलको ३०औं मिनेटमा डेम्बेलेले गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाएका थिए । त्यसको एक मिनेटपनि वित्न नपाउँदै डेम्बेलेले ब्यक्तिगत दोस्रो गोल गर्दै बार्सिलोनालाई दोब्बर अग्रता दिलाए ।

पहिलो हाफमा २–० गोलले अघि रहेको बार्सिलोनाले दोस्रो हाफमा थप एक गोल गर्न सफल भएको थियो । ५४औं मिनेटमा कप्तान मेस्सीले गोल गरे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here