भारतले स्याटेलाईटबाट नेपाल सहित अन्तराष्ट्रिय सीमा क्षेत्रमा सुरक्षा निगरानी गर्ने

217

काठमाडौं । भारतले अब स्याटेलाईट प्रविधिको प्रयोगबाट आफ्नो सीमानाको रेखदेख गर्ने भारतीय गृहमन्त्रालयले जानकारी दिएको छ ।

भारतले पनि आफ्नो सीमामा विभिन्न देशमा घुसपेठ र आतंकवादी हमलाहरु हुने देखेर छिमेकीदेशको सीमामा सुरक्षा अभियानलाई प्रविधिमैत्री बनाउन लागेको हो ।

बिहीबारको एक सरकारी बयानमा भारतीय अन्तरिक्ष अनुसन्धान संगठनले पाकिस्तान, बांग्लादेश, चीन, नेपाल जस्ता मुलुकसँग सीमा जोडिएको क्षेत्रमा निगरानी गर्नको लागि गृह मन्त्रालयको साथमा एक विशेष स्याटेलाईट लन्च गर्ने तयारी भईरहेको स्पष्ट पारिएको छ ।

यो कदम सीमा प्रबन्धनलाई सुधार्नको लागि स्पेस टेक्नोलोजीको प्रयोग गर्न एक टास्क फोर्सले दिएको सुझावको आधारमा गरिएको भारतीय अधिकारीहरुले जनाएका छन् । गृहमन्त्री राजनाथ सिंहले यसको लागि तत्कालीन, मध्यकालीन र दीर्घकालीन योजनाको रुपमा समयबद्ध गरेर ५ वर्षमा यसलाई पूर्ण कार्यान्वयनमा ल्याउन स्वीकृति दिईसकेका छन् ।

गृह मन्त्रालयको एक बयानका अनुसार, `टास्क फोर्सले दिएको प्रमुख सुझाव सीमाको सुरक्षामा तैनाथ फोर्सहरुको क्षमता बढाउने विषयमा बढी केन्द्रीत रहेको छ । जसमा सुरक्षा, गतिविधिको योजना, सीमाको पूर्वाधार विकासका लागिसमेत प्रविधिको प्रयोग गर्न भनिएको छ । सो सुझावमा भनिएको छ कि ुनिश्चित समयको लागि तैनाथ गरिएको सुरक्षाबलको सञ्चार सुविधाको लागि उच्च क्षमताको उपकरणहरु खरीद गर्नुपर्छ ।´ यो सीमा सुरक्षाको लागि तत्काल गर्नुपर्ने काम भनिएको छ ।

भारतको सीमा पाकिस्तान, चीन, बांग्लादेश, नेपाल, भूटान तथा म्यान्मारसँग जोडिएको छ । यो प्रोजेक्टले द्विपक्षीय सीमा सुरक्षा मजबूत हुने दाबी भारतीय गृहमन्त्रालयको छ । टास्क फोर्सको गठन सीमा प्रबन्धनलाई सुधार गर्न र यसमा प्रविधिको प्रयोगबारे अध्ययनको लागि गरिएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here