पोल्याण्डका मेयरको भावपूर्ण विदाई

188

पोल्याण्ड/पोल्याण्डका हजारौं नागरिकको उपस्थितिमा जिडान्स्कका मेयर पावेल एडामोविक्जलाई शनिबार भावपूर्ण अन्तिम विदाई गरिएको छ ।बाल्टिक बन्दरगाहमा पर्ने जिडान्स्कका उदारवादी मेयर पावेलको सोमबार हत्या भएको थियो । त्रिपन्न वर्षीय अडामोविक्ज झण्डै २० वर्षदेखि त्यस सहरको मेयर हुनुुहुन्थ्यो । परोपकारी एउटा कार्यक्रममा सहभागी भएका बेला हजारौँ मानिसहरूको अगाडि धारिलो हतियार प्रहार गरी उहाँको हत्या भएको स्थानीय सञ्चार माध्यमहरुले जनाएका छन् ।

“उहाँलाई विदा गर्नुपर्दा हामीलाई आफ्नै परिवारको सदस्यलाई सदाका लागि बिदा गरेजस्तै भएको छ,” स्थानीय एक बासिन्दा राफेल जन्कोवस्कीले भन्नुभयो । अन्त्येष्टि कार्यक्रममा राष्ट्रपति अन्डर्जेज डुडा, युरोपेली परिषद्का अध्यक्ष डोनाल्ड टस्क, पोल्यान्डका पूर्व राष्ट्रपति लेक वालेसा लगायत ३५ भन्दा बढी वरिष्ट व्यक्तिहरु सहभागी थिए । विश्वकै ठूलो मानिने सेन्ट म्यारीको बासिलिका चर्चमा उहाँको अन्त्येष्टि गरिएको हो । उहाँको निधनको शोकमा सरकारले एक दिने राष्ट्रिय शोक घोषणा गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here