स्लाइन दिनुपर्ने बिरामीलाई डाक्टरले १५ क्यान बियर चढाएपछि

302

यदि कुनै व्यक्ति बिरामी भएर अस्पताल पुग्दा स्लाइन दिनुपर्ने बिरामीलाई डाक्टरले मदिरा चढाए भने मानिसहरुले के भन्लान् ? यद्यपि एक डाक्टरले भने बिरामीलाई मदिरा खुवाएर नै उपचार गरेका छन् ।

मदिरा खुवाउनुको उद्देश्य भने बिरामीलाई बचाउनु नै थियो । भियतनामका एक व्यक्ति अल्कोहल पोइजिनिङको कारण अस्पताल पुगेका थिए । ४८ वर्षीय यी व्यक्तिको अवस्था देखेर डाक्टरले तत्कालै १५ क्यान वियर चढाएका थिए ।

दाबी गरिएअनुसार उनलाई बचाउनु असम्भव थियो । डक्टरका अनुसार कुनै व्यक्तिले मदिरा पिउँछ भने सेवन रोकिएपछि पनि रक्तकोशिकासम्म मदिरा पुगिरहेको हुन्छ । अचेत अवस्थामा पनि शरीरमा यसको मात्रा बढ्दो क्रममा हुन्छ ।

अल्कोहल दुई रुपमा आउँछ –इथानोल र मिथानोल । मानिसको कलेजोले पहिला इथानोललाई टुक्र्याउँछ । जसको कारण डक्टरले पेटमा वियर भर्ने निर्णय गरेका थिए । मिर्गौलाले करिब एक घण्टा जस्तो काम गर्न बन्द गरेको थियो ।

डक्टरले १५ क्यान वियर पम्प गरेपछि भने कलेजोले समान्यरुपमा काम गर्न सुरु गरेको थियो । बिरामीको कलेजो सफा गर्नको लागि वियरको प्रयोग गरिएको प्रतिवेदनमा उल्लेख गरिएको छ । एजेन्सी

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here