‘देश समृद्ध बनाउन आयात प्रतिस्थापन गर्नुपर्ने’

77
k|b]z g+= # sf d'VodGqL 8f]/dl0f kf}8]n e/tk'/ dxfgu/kflnsf–! l:yt cflbslj efg'eQm dfWolds ljBfnosf] :j0f{ dxf]T;jnfO{ ;f]daf/ pb3f6gkl5 cfkmgf] dGtJo JoQm ub}{ k|b]z g+= # sf d'VodGqL 8f]/dl0f kf}8]n . t:jL/ M ;'/]g s'Fj/ /Tggu/, lrtjg, /f;;

भरतपुर/प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले देशलाई समृद्ध बनाउन आयातलाई प्रतिस्थापन गर्नुपर्ने बताउनुभएको छ ।

पूर्वी चितवनको खैरहनीमा भएको छैटौँ खिचरा महोत्सव २०७५ को आज समापन समारोहलाई सम्बोधन गर्दै उहाँले नेपालमा निर्यातभन्दा आयात बढी भएकाले यसलाई रोक्न जरुरी रहेकामा जोड दिनुभयो । आयातलाई निमिट्यान्न पारेर आत्मनिर्भर नबनेसम्म देशलाई समृद्ध बनाउन नसकिने मुख्यमन्त्री पौडेलको भनाइ थियो ।

उहाँले खेतबारीलाई बाँझो रहन नदिन आफैँले काम गरेर आत्मनिर्भर बन्नुपर्ने बताउनुभयो । खिचरा महोत्सवमा हुने स्थानीय उत्पादनको प्रदर्शनीले आर्थिक कारोवार बढाउनाका साथै प्रवद्र्धन गर्न पनि महत्वपूर्ण हुने उहाँले बताउनुभयो ।
कार्यक्रममा महोत्सव आयोजक थारू कल्याणकारिणी सभा चितवन क्षेत्र नं ७ का अध्यक्ष चुडामणि चौधरीले थारू समुदायको महान् पर्व खिचरा ९माघी०का अवसरमा गरिएको सो महोत्सव पहिचानसँग जोडिएकाले थारू संस्कृति संरक्षणमा महत्वपूर्ण योगदान दिइएको बताउनुभयो । माघी ९खिचरा० पर्वका अवसरमा छैटौँ संस्करणको सो महोत्सव गत पुस २८ गतेदेखि शुरु भएको थियोे ।

रासस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here