संसद अवरुद्ध गर्दै नेपाली कांग्रेस

132

 काठमाडौं / केपी ओली नेतृत्वको सरकारले गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाको नाममा खोलिएका अस्पतालहरू खारेज गर्ने प्रक्रिया अगाडि बढाएको विरोधमा प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले संसद अवरोध गरेको छ ।

संसदको सोमबारको बैठक शुरु हुनेवित्तिकै नेपाली कांग्रेस संसदीय दलका उपनेता विजय गच्छदारले समय लिएर धारणा राखेका थिए । उनले भने, ‘गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाको नाममा स्थापना भएका अस्पतालहरू केन्द्र सरकारको मातहतमा राख्नु पर्छ । अस्पताल खारेज गर्ने प्रक्रिया अगाडि बढाएको छ । त्यो रोकिनु पर्छ ।’

कांग्रेसका सांसदहरू आ–आफ्नो सिटमा उभिएर संसद अवरोध गरेपछि सभामुख कृष्णबहादुर महराले संसदको बैठक १५ मिनटका लागि रोकेका छन् ।

सरकारले तनहुँको गिरिजाप्रसाद कोइराला श्वास प्रश्वास अस्पताल र सुशील कोइरालाको नाममा बाँकेमा रहेको सुशील कोइराला प्रखर क्यान्सर अस्पताल खारेज प्रक्रियामा लगेपछि कांग्रेसले विरोध जनाएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here