५० जना भन्दा बढीसंग ३ करोड रुपैयाँ ठगी गर्ने महिला पक्राउ

289

पोखरा / बागलुङ रणसिङ किटेनीकी सरीताकुमारी रानालाई ठगी आरोपमा प्रहरीले आइतबार पक्राउ गरेको छ । पोखरामा ५० जना भन्दा बढीबाट ३ करोड रुपैयाँ ठगी गरेको आरोपमा रानालाई कास्की प्रहरीले काठमाडौंबाट पक्राउ गरेको हो ।

पहिला सापटी माग्ने अनि रकम नभएको खाताको चेक दिने र कसैकसैलाई पैसा नै नदिएर सरीताले झुक्याउँदै आएको पीडितहरुले जनाएका छन् । १ महिनादेखि सम्पर्कविहीन सरीता विरुद्ध माघ १ गते जिल्ला प्रहरी कार्यालय कास्कीमा पहिलो उजुरी परेको थियो ।

पोखरा महानगरपालिका २६ र २७ का जीतबहादुर पुन, नरमाया थापामगर, तारा पुनथापा, चन्द्रबहादुर सुनार, दिलमाया पुन लगायत १० जनाले आफूहरु सरीताबाट ठगिएको जिल्ला प्रहरी कार्यालय कास्कीका उजुरी दिएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here