‘भ्यालेन्टाइन डे’को सट्टा ‘सिस्टर्स डे’ मनाउँदै

50

एक पाकिस्तानी विश्वविद्यालयले फेब्रुअरी १४ को दिन ‘सिस्टर डे’ (दिदीबहिनी दिवस) मनाउने भएको छ । यो निर्णय फैसलावाद अवस्थित युनिभरसिटी अफ एग्रिकल्चर विश्वविद्यालयका भाइस चान्सलरले गरेको हुन् । पाकिस्तानको लोकप्रिय पत्रिका डनमा प्रकाशित भएको एक समाचार अनुसार उपकुलपति जफर इक्बाल रन्धावाले उक्त दिन विश्वविद्यालयका महिला विद्यार्थीलाई स्कार्फ र अबाया उपहार दिन सकिने जनाए । उपकुलपति आफूले प्रस्ताव गरेको दिवस पाकिस्तानको संस्कृति र इस्लाम धर्म अनूकुल हुने विश्वास व्यक्त छन् ।

फेब्रुअरी १४ विश्वभरी प्रणय दिवसको रूपमा मनाइन्छ । उक्त दिनमा मानिसहरूले आफूले माया गरेको व्यक्तिलाई शुभकामना तथा उपहार आदान प्रदान गर्छन् । तर सोही दिन उक्त विश्वविद्यालयले भने ‘सिस्टर्स डे’को रूपमा मनाउने जनाएको छ । डन टीभी नेटवर्कसँग कुरा गर्दै रन्धवाले आफ्नो यस प्रस्ताव मानिसहरूलाई मन पर्ने नपर्ने अहिले नै स्पष्ट नभएको जनाएका छन् । उनले केही मुसलमानहरूले भ्यालेन्टाइन डेलाई खतराको रूपमा लिएको भन्दै भने, ‘मेरो विचारमा यदि खतरा छ भने यसलाई अवसरमा बदल्नु पर्छ ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here