भ्रष्टाचारीको सुरक्षामा ओली सरकार

143

-हुकुमबहादुर सिंह
वाइडबडी बिमानखरिद प्रकरणमा ओली सरकारसित साझेदारीमा नेपाली कांग्रेस पनि भ्रष्टाचारीकै पंक्तिमा उभिन पुगेको छ । यसरी सरकार र संसदीय व्यवस्थामा महत्वपूर्ण मानिने प्रतिपक्ष पनि भ्रष्टाचारीकै पंक्तिमा लामबद्ध भएपछि अब नेपालको भ्रष्टाचारविरुद्धको आन्दोलनको नेतृत्व कसले गर्ने अहम् सवाल खडा भएको छ । वाइडबडी बिमानखरिद प्रकरणमा ओली, दाहाल र देउवा तीनै जना तानिएका छन् तर जनताको पक्षमा काम गर्ने खासगरी वर्तमानमा देखिएको नेकपा(क्रान्तिकारी माओवादी)का विरुद्ध अहिले यिनीहरूले मोर्चाबन्दी गर्दैछन् र करीब ४ अरब ३५ करोड ५६ लाखको घोटालाको प्रमुख पात्र वायुसेवा निगमको महानिर्देशक सुगतरत्न कंसाकारमाथि नेकपा(क्रान्तिकारी माओवादी)को आव्हानमा युवालिगका साहसी युवाहरूको नेतृत्वमा उसकै कार्यकक्षमा दिउँसै उसको बदनाम अनुहारमा कालोमोसो धस्न सफल त्यसको उक्त घटनामा नजोडिएका एकजना नेता सुरेश तामाङलाई प्रहरीले बिनाकारण गिरफ्तार गरेको पनि आज करीब एक महिना पुग्न थालेको छ । उनलाई बिनासर्त रिहा गरी नेपालका अन्य भ्रष्टाचारी तथा तष्करहरको मनोबल गिराउनुको बदलामा उनीहरूको मनोवल उँचा बनाइ राख्न ओली सरकारका प्रहरी, सिडियो तथा अदालत एकजुट भएर अगाडि आएका छन् । उनलाई प्रहरी हिरासतमै राखेर भ्रष्टाचार विरोधी अन्य युवाहरूलाई यो भ्रष्ट सरकारले यो सन्देश दिन चाहन्छ कि भ्रष्टाचारको विरोध गर्ने कसैलाई पनि छुट छैन ।

ओली सरकारका पर्यटन मन्त्रीदेखि सविवहरू र देउवा सरकारका मन्त्री तथा सचिवहरू र स्वयम ओली, दाहाल र देउवा नै यो भ्रष्टाचारी प्रकरणमा मुछिएका नामै तोकिएर प्रमाणगत खवरहरू मिडियामा आएका छन् । यो आउनुका पछाडि शेरबहादुर र दाहालको कार्यकालमा वाइडबडी विमान खरिदको प्र्रकृया सुरु भएको र अहिले ओली नै रिंग लिडरको रूपमा यो भ्ष्टाचार काण्डमा तानिनपुगेका छन् । ४ अरब ३५ करोड ५६ दाखको भ्रष्टाचारमा को–को छन् भनेर संसदीय लेखा समितिले नाम किटान गरेको र जनताको पक्षबाट उक्त काण्डको प्रमुख कंसाकारमाथि कारबाही गर्ने युवालाई प्रहरी हिरासतमा राख्न आदेश दिने ओली सरकार र त्यसको प्रहरी संगठन र अदालतसमेत यो काण्डमा प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा संलग्न देखिन पुगेका छन् । अदालतले तामाङको बन्दीप्रत्यक्षीकरणको रिटलाई ठाडै खारेज गर्ने आदेश दिएर भ्रष्टाचारीहरूको पक्षमा फैसला गरेको देखिन्छ र ग्ह मन्त्रालयले उनको रिहाइमा बाधाअडचन खडा गर्दै उनका हिरासतका दिनहरू बढाउने कसरतमा छ ।

शेरबहादुर देउवा यसमा संलग्न भएको हुनाले कांग्रेस संसद तथा संसदीय उपसमितिका अध्यक्ष राजन के.सी.ले निर्देशित रूपले भ्रष्टाचारीहरूलाई जोगाउने हिसाबले प्रतिवेदनमा तोडमोड गर्ने काम गरेका छन् । यो स्पष्टतः संस्थागत भ्रष्टाचारको ज्वलन्त उदाहरण हो । उक्त रिपोर्टले दोषीहरू उम्किने र उन्मुक्ति हुने छन् । तर के स्पष्ट भएको छ भने दोषीहरू सिंगो राज्य तथा नेकपा र कांग्रेस पार्टीहरूका जिम्मेवार तहहरूमा छन् र उनीहरूले अहिले अख्तियारका कर्मचारीहरूलाई चूप लाग्न निर्देश दिइरहेका छन् ।

करीब एक सय वर्ष अगाडि विश्वसर्वहाराका नेता लेनिनले भनेको संसद भनेको सुंगुरको खोर हो र यसलाई भित्र गएर सफा गरेर होइन उक्त खोरलाई भलाभुङ पारे मात्रै सही मानेमा जनताको शासन सत्ता स्थापना हुन सक्छ । अहिले नेपालको संसदमा सत्ता र प्रतिपक्षको मिलन के को लागि भएको रहेछ लेनिका यी भनाइहरूबाट स्पष्ट भएको छ ।

उनीहरूले अहिले काठमाडौं सिडियो र प्रहरी संगठनलाई सुरेश तामाङलाई रिहाइ नगर्न दवाव दिइरहेका छन् । तर नेपाली जनता र खासगरी भ्रष्टाचार विरोधी युवाहरू जागिसकेका छन् र यो भ्रष्टाचारी सरकारका जेल, नेल र हत्कडी आदिले उनीहरूको यो अभियानलाई रोक्न सक्ने छैन । भ्रष्टाचारविरोधी यो अभियानमा सयौ युवाहरूको लामबन्दी रहने छ । रविन्द्र अधिकारी मात्रै नभई देशभरीका भ्रष्टाचारीहरू ती युवाहरूको कारवाहीमा पर्ने निश्चित छ किनभने स्वयम् सरकार, संसद, अदालत भ्रष्टाचारीलाई जोगाउन कसिएको छ भने जनता तिनका विरुद्ध सडकमा आउनुको विकल्प छैन । [email protected]

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here