काठमाडौंको सातदोबाटो-रत्नपार्क रुटमा मेट्रो रेल चलाइने

252

काठमाडौं / काठमाडौं उपत्यकामा अर्को एक रेल परियोजनाको अगाडि बढाउने तयारी हुने भएको छ । सातदोबाटो-रत्नपार्क-नारायण गोपाल चोक रुटमा विद्युतीय मेट्रो रेलको अध्ययन गर्न प्रक्रिया अघि बढाएको रेल विभागले जानकारी दिएको छ ।

प्रक्रिया अनुसार सम्भाव्यता अध्ययनका लागि इच्छुक कम्पनीहरुले आउँदो चैत ७ गतेभित्र आवेदन दिन सक्नेछन् । उक्त कम्पनीले यो रुटमा मेट्रो रेल सञ्चालनको सम्भाव्यताको अध्ययन गरी विस्तृत परियोजना डीपीआर तयार पार्नेछ ।

इच्छुक कम्पनीहरुबाट छानिएको कम्पनीले निश्चित समयमाप्रतिवेदन ९डीपीआर० गर्नेछ । आशय र योजनासहितको आवेदनबाट उत्कृष्टलाई विभागले छनोट गर्नेछ ।

यो रुटमा सन् २०११ मा विभागले फिजिबिलिटी अध्ययन गरिसकेको छ । कोरियन कम्पनीमार्फत मेट्रोरेलको सम्भाव्यता अध्ययन गरिएकोमा अब डीपीआर बनाएर परियोजना अघि बढाउने तयारी गरेको विभागका प्रवक्ता अमन चित्रकारले जानकारी दिए ।यो रुटको अर्को खण्डमा मेट्रो रेल सञ्चालनका लागि भने लगानी बोर्डले काम गरिरहेको छ ।

बोर्डका अनुसार नागढुंगादेखि धुलिखेलसम्मको ३७ किमिमा मेट्रो रेल सञ्चालनको डीपीआर बनाउन ४ वटा कम्पनीले इच्छा देखाएका छन् । यी ४ मध्ये उत्कृष्टलाई छानेर डीपीआर निर्माणको जिम्मा दिने तयारीमा रेल बिभाग रहेको छ ।

यो रुटमा चाइना रेल्वे सिउवान सर्वे एन्ड डिजाइन ग्रुप कम्पनी लिमिटेड, राइट्स इन्डिया लिमिटेड, युसिन इन्जिनियरिङ कर्पोरेशन सिउल र युकसेल प्रोजे युकसलवारी टर्कीले डीपीआर निर्माणका लागि इच्छा देखाएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here