भेनेजुएलामा सत्ता कब्जा गर्न ट्रम्प असफल

108

राष्ट्रपति निकोलास मदुरोले अमेरिकी कूटनीतिज्ञलाई ७२ घन्टाभित्रै देश छोड्न आदेश दिए । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भेनेजुएलामा सत्ता कब्जा गर्न असफल भएपछि त्यहाँका राष्ट्रपतिले सो आदेश दिएका हुन् । मदुरोको सत्तालाई अवैधानिक भनेर ट्रम्पले व्याख्या गरेका थिए ।

अमेरिकी राष्ट्रपति ट्रम्पले आफ्ना ल्याटिन अमेरिकी सहयोगीसँग मिलेर त्यहाँका प्रतिपक्षी नेता जुआन गुआइडोलाई भेनेजुएलाका अन्तरिम राष्ट्रपतिमा समर्थन गरेका थिए ।

ट्रम्पले सत्ता कब्जा गर्न खोजेको यो दुई घन्टे प्रयासमा अर्जेन्टिना, ब्राजिल, कोस्टारिका, इक्वेडर, ग्वाटेमाला, चिली, कोलम्बिया, पराग्वे , पेरु र क्यानाडा लगायतका देशले अमेरिकी देशहरुको संगठन समेतको सहमतिमा समर्थन दिन पुगेका थिए । तर, मेक्सिकोले अमेरिकी राष्ट्रपति ट्रम्पको यो प्रयासलाई समर्थन दिन इन्कार गरेको थियो ।

राष्ट्रपति भवनको बालकनीमा आएर मदुरोले त्यहाँको जनतालाई सम्बोधन गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here