दुई दर्जन नेविसंघका नेताहरु पक्राउ

173

काठमाडौं /   सरकारले आज सत्याग्रहमा बसेका गोविन्द केसीलाई बेवास्था गर्दै चिकित्सा शिक्षा विधेक पास गरेको विरुद्ध नेपाल विद्यार्थी संघ नेपाल कमर्स क्याम्पसले बानेश्वरमा आन्दोलन गरेको छ।

आन्दोलन गर्दै गर्दा प्रहरी नेपाल विद्यार्थी संघ नेपाल कमर्स क्याम्पसका इकाई सभापति सरोज तिमल्सिना,जीवन ओझा, साही पोख्रेल,खड्क बहादुर शाही,तपेन्द्र बुढा, गणेश टन्डन, राकेश सिवाकोटी, भोजराज भन्डारी, रबिन्द्र रोकाय, बिष्णु हरी खड्का, लगायत एक दर्जन नेता कार्यकर्तालाई गिरफ्तार गरेको छ।

सरकारले माफियाको जालझेलमा परेर विधेयक ल्याएको भन्दै नेपाल विद्यार्थी संघ नेपाल कमर्स क्याम्पसले गरेको आन्दोलनमा प्रहरीको हस्तक्षेप भएको हो।

प्रहरीले आन्दोलनलाई रोक्न लाठीचार्ज समेत गरेको प्रत्येक्षदर्शीहरुले जनाएका छन।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here