ग्लोबल आइएमई बैंकको ६ महिनामा १ अर्ब २२ करोड खुद नाफा

78

काठमाडौं / ग्लोबल आइएमई बैंकले ६ महिनामा १ अर्ब २२ करोड खुद नाफा कमाएको छ। बैंकले यस आवको साउनदेखि पुस मसान्तसम्म २५ प्रतिशतले नाफा बढाएको हो।

बैंकको खुद व्याजवापतको आम्दानी बढेसँगै नाफा बढेको हो। गत आवको समीक्षा अवधिमा बैंकको खुद व्याज आम्दानी १ अर्ब ८५ करोड रहेकोमा अहिले २ अर्ब ३८ करोड पुगेको छ। बैंकको चुक्ता पुँजी १० अर्ब ३१ करोड पुगेको छ। बैंकले कुल १ खर्ब १३ अर्ब निक्षेप संकलन गरी १ खर्ब २ अर्ब ऋण प्रवाह गरेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here