सुरु भयो संसदभित्र कांग्रेसको अवरोध

203

 काठमाडौं /  शुक्रबारको प्रतिनिधिसभा बैठक सुरु भएलगत्तै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रतिनिधिसभाको बैठक अवरुद्ध पारेको छ । सभामुख कृष्णबहादुर महराले पटकपटक आफ्नो सिटमा बस्न अनुरोध गरेपनि कांग्रेस सांसदहरुले वेल घेराउ गर्दै नाराबाजी गरिरहेका छन्।

unn.prixa.net

संसद्‌मा पेस हुने क्रममा रहेको चिकित्सा शिक्षा विधेयकमा तनहुँको जिपी कोइराला राष्ट्रिय श्‍वासप्रश्वास केन्द्र र सुशील कोइराला प्रखर क्यान्सर अस्पताल बाँकेलाई केन्द्र सरकार भन्दाबाहिर राख्ने व्यवस्था गरिएको भन्दै कांग्रेसले लगातार संसद् अवरुद्ध पार्दै आएको छ। उनीहरुले संसदीय मर्यादा, सर्वोच्चता कायम गर्नुपर्नेजस्ता नारा लगाइरहेका छन्।

कांग्रेसको अवरोधका कारण संसदको कार्यसूचीमा रहेको चिकित्सा शिक्षा विधेयक पारित गर्ने काम आज पनि अलमलमा परेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here