अरुण तेस्राे बन्द गर्न विप्लबकाे चेतावनी आयो

132

 काठमाडौं / विप्लव नेतृत्वको नेकपाले अरुण ३ जलविद्युत परियोजना तत्काल बन्द गर्न चेतावनी दिएको छ ।

वातावरणमा क्षति पुर्याउने र भारतीय विस्तारवादलाई मात्रै फाइदा हुने अरुण–३ परियोजनाले हाईटेन्सन लाइन निर्माण गरिरहेको भन्दै पर्यावरणमा क्षति पुर्याउने, वनबिनास गर्ने र कटारीजस्ता घनावस्ती र शहर हुँदैजाँदा लाखौं जनता विस्थापित हुने र पर्यावरणमा नकारात्मक परिणाम निम्त्याउने भएकोले सो निर्माण कार्य बन्द गर्न नेकपाले विरोध गरेको हो । अरुण ३ भोजपुर र संखुवासभामा पर्छ ।

सो पार्टीले दलाल नेता र नीति निर्माण गरी भारतीय साम्राज्यवादलाई पोस्ने भन्दै सो कार्य बन्दगर्न र राष्ट्रघाती, जनघाती कार्यमा संलग्न नहुँन सम्बन्धित सबैलाई अनुरोध गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here