सूचना विभागमा सञ्चार मन्त्रीको छड्के, दिए यस्तो कडा निर्देशन !

202

काठमाडौंं / सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुलप्रसाद बाँस्कोटाले सूचना विभागमा निरीक्षण गरेका छन् ।

आज करिब मध्यान्ह १२ बजे मन्त्री बाँस्कोटाले सूचना विभागको कार्यालयभित्र सेवा प्रदान हुने सबै कोठामा छड्के गरेका हुन् । उनले कार्यालयमा अनुपस्थित कर्मचारीबारे बुझेका थिए ।मन्त्री पुग्दा एक कर्मचारी अनुपस्थित रहेको पाइयो, तर उनी काजमा सरुवा भइसकेको विभागले जानकारी गरायो ।

विभागले प्रदान गर्दै आएको सेवा, कर्मचारीहरूको उपलब्धता लगायत विषयमा मन्त्री बाँस्कोटाले सोधखोज गरेका हुन् ।

निरीक्षणका क्रममा सूचना विभागका महानिर्देशक बालकृष्ण घिमिरेले मन्त्री बाँस्कोटालाई ब्रिफिङ गरेका थिए ।

मन्त्री बाँस्कोटाले बैंक स्टेटमेन्ट र श्रमजीवी पत्रकार तथा कर्मचारीहरूलाई न्यूनतम पारिश्रमिक उपलब्ध गराएको कागजात विना मिडियाको नवीकरण नगर्न तथा आवश्यक कागजात नपुगी भनसुन र दबाबका भरमा कुनै पनि काम नगर्न निर्देशन दिँदै सूचना विभागमा दर्ता नभएका अनलाइन मिडिया बन्द हुने उनले जनाए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here