मोरङको विराट चोकमा तनाव ! निषेधाज्ञा जारी

103

 विराटनगर / गिट्टि–बालुवा बोकेर विराटनगर आउँदै गरेको टिपरको ठक्करले ११ वर्षीया बालिकाको घटनास्थलमै मृत्यु भएपछि सोमबार बिहानदेखि मोरङको विराटचोक तनावग्रस्त बनेको छ । त्यहाँ अहिले स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेको छ ।

निषेधाज्ञा जारी भएपनि आक्रोशित समूह बालिकाको शव सडकमै राखेर धर्नामा बसेका छन ।  गिट्टि–बालुवा बोकेर विराटनगर आउँदै गरेको ना ३३ ख ३३५५ नम्बरको ट्रिपरको ठक्करले सुन्दर हरैंचा नगरपालिका ११ की लक्ष्मी ढकालको घटनास्थलमै मृत्युभएपछि आक्रोशित स्थानीयवासीले ठक्कर दिने टिपरसहित अन्य ७ वटालाई आगो लगाएपछि स्थिति तनावग्रस्त बनेको हो। आगो निभाउन पुगेका दमकललाई समेत स्थानीयवासीले अवरोध गरेपछि दमकल फर्किएका थिए।

प्रहरीले स्थिति नियन्त्रणमा लिन नसकेपछि स्थानीय प्रशासनले पूर्वमा सुकुना बजार, पश्चिममा बुधवार बजार, उत्तरमा विराटचोक र दक्षीणमा बेलेपुर क्षेत्रको बीच भागमा ११ बजेदेखि अनिश्चितकालीन निषेधाज्ञा जारी गरेको छ।११ बर्षिया बालिकाको मृत्यु भएपछि आक्रोशित स्थानीयले जलाए ७ वटा ट्रिपर, रणभुमि बन्यो मोरङको बिराटचौक

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here