राष्ट्रियसभाबाट पनि पारित भयो चिकित्सा शिक्षा विधेयक

198

काठमाडौं / राष्ट्रिय चिकित्सा शिक्षा विधेयक २०७५ राष्ट्रियसभाबाट पारित भएको छ। आइतबार प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको अवरोधबीच विधेयक संसदको बहुमतले पारित गरेको हो।

कांग्रेस सांसदले बैठक सुरु हुनासाथ उठेर विरोध जनाएपछि राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले १५ मिनेटका लागि बैठक स्थगित गरेका थिए। स्थगितको समय सकिने वित्तिकै विधेयक पारित भएको हो।

शिक्षा विज्ञान तथा प्रविधिमन्त्री गिरीराजमणि पोखरेलले पेश गरेको विधेयक पारित हुँदै गर्दा कांग्रेस सांसद्हरूले रोष्टम अगाडि नाराबाजी गरिरहेका थिए। संघीय संसदको प्रतिनिधिसभाबाट शुक्रबार पारित राष्ट्रिय चिकित्सा शिक्षा विधेयक, २०७५ राष्ट्रियसभामा आज पास भएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here