प्रहरीको लाठीचार्ज बाट नेविसंघ मीनभवन क्याम्पसका सभापति तिमल्सिना घाइते

123

काठमाडौं /   नेपाली कांग्रेसको भातृसंगठन नेपाल विद्यार्थी संघले सरकार विरुद्धको आन्दोलनलाई निरन्तरता दिएको छ।

आज दिउँसो बानेश्वरमा सरकार विरुद्ध नेपाल विद्यार्थी संघ मीनभवन क्याम्पसले प्रदर्शन गर्ने क्रममा प्रहरीले लाठीचार्ज गरेको छ। लाठीचार्जबाट नेपाल विद्यार्थी संघ मीनभवन क्याम्पसका इकाई सभापति सरोज तिमल्सिना घाइते हुनुभएको छ।

घाइते तिमल्सिनाको अहिले बानेश्वरको सिभिल अस्पतालमा उपचार भैरहेको छ।

नेपाल विद्यार्थी संघ केन्द्रिय समितिले बानेश्वरमा भएको प्रहरी दमनको घोर भत्सर्ना गरेको छ।

संघले आजै विज्ञप्ति  जारी गर्दै तत्काल यस्तो घृणित कार्य बन्द गर्न  प्रहरीलाई आग्रह गरेको छ ।

नेपाल विद्यार्थी संघले सरकार विरुद्धको आन्दोलन भोलि पनि निरन्तरता दिने समेत जारी विज्ञप्तिमा उल्लेख गरिएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here