बोतलको पानी उत्पादनमा रोक

352

बलेवा / ‘प्रशोधित पिउने पानी उत्पादन मापदण्डसम्बन्धी निर्देशिका, २०७४’ कार्यान्वयन नगर्ने बागलुङ र पर्वतका चार पानी उत्पादक कम्पनीलाई उत्पादनमा रोक लगाइएको छ ।

खाद्य, प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय बागलुङले चारवटै कम्पनीलाई बोतलको पानी उत्पादनमा रोक लगाएको हो । निर्देशिका पालना नगर्नेमा बागलुङका दुई र पर्वतका दुई कम्पनी रहेका छन् । निर्देशिका कार्यान्वयन नगर्ने कम्पनीमा बागलुङको महालक्ष्मी मिनिरल वाटर एन्ड वेवरेजद्वारा उत्पादित कालीका पानी, कार्की मिनिरल वाटर गल्कोटद्वारा उत्पादित ‘कार्की पिउने पानी, पर्वतको मुक्तिनाथ फुट एन्ड वेवरेज प्रालि र कर्मचार्य ब्रदर्श मिनिरल वाटर एन्ड वेवरेज इन्डष्ट्रिज रहेका छन् ।

कार्यालयले अनुगमन गर्दा निर्देशिका पालना नगरेको पाइएकाले उत्पादन बन्द गर्न निर्देशन दिइएको खाद्य, प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय बागलुङका निमित्त प्रमुख केदार पौडेलले जानकारी दिनुभयो । निर्देशिका कार्यान्वयन नगर्ने कम्पनीको अनुमतिपत्र नवीकरण नगर्नेदेखि कारवाहीका लागि सिफारिश गर्नेसम्मको प्रक्रिया थालनी भएको पौडेलले जनाउनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here