चीन विरोधी गतिविधि हुन नदिने प्रतिबद्धता

203

काठमाडौँ, गृहमन्त्री रामबहादुर थापाले नेपाली भूमिबाट कुनै पनि किसिमका चीन विरोधी गतिविधि हुन नदिने प्रतिवद्धता व्यक्त गरेका छन् । बुधबार नेपालका लागि चिनियाँ नवनियुक्त राजदूत होउ यान्छीले गरेको शिष्टाचार भेटमा उनले यस्तो प्रतिवद्धता व्यक्त गरेका हुन् ।
गृह मन्त्रालयमा भएको भेटमा नेपाल–चीन सम्बन्ध, आपसी सहकार्य र आगामी दिनमा सहयोगका विषयमा छलफल भएको थियो । भेटमा गृहमन्त्री थापाले राजदुत यान्छीलाई बधाई तथा कार्यकाल सफलताको शुभकामना दिँदै उनको कार्यकालमा नेपाल–चीन सम्बन्धले थप उचाई लिने विश्वास व्यक्त गरे ।
उनले नेपालको सुरक्षा निकायको भौतिक संरचना, उपकरण र तालिममा चीनले गर्दै आएको सहयोगका लागि धन्यवाद दिँदै आगामी दिनमा पनि त्यसको निरन्तरतका लागि आग्रह गरे ।
उनले राजदुत यान्छी मार्फत चिनका सामाजिक सुरक्षा मन्त्रीलाई नेपाल भ्रमणको निम्तो समेत दिए ।
भेटमा राजदूत यान्छीले आफ्नो कार्यकालमा नेपाल चिन सम्बन्ध थप उचाईमा पु¥याउन सक्दो पहल गर्ने प्रतिवद्धता व्यक्त गरेकी थिइन् ।
उनले नेपालले चिन विरोधी गतिविधि नियन्त्रणका लागि खेलेको भूमिकाका लागि धन्यवाद व्यक्त गर्दै आगामी दिनमा समेत त्यसले निरन्तरता पाउने विश्वास व्यक्त गरिन ।
उनले नेपालको सामाजिक र आर्थिक विकासका लागि चिन सरकारले दिँदै आएको सहयोगलाई थप बढाउँदै लैजाने प्रतिवद्धता समेत व्यक्त गरिन । भेटमा राजदुत यान्छीले गृहमन्त्री थापालाई चिन भ्रमणको निम्तो समेत दिएकी थिइन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here