बि.आइ.सिटी विषयमा सर्वोत्कृष्ट बनिन् : लिनो महर्जन

261

काठमाण्डौं/कीर्तिपुरकी चेली ब्याचलर अफ इन्फरमेशन एण्ड कम्युनिकेशन टेक्नोलोजी (बि.आइ.सिटी) बिषयमा नेपालभरिमै उत्कृष्ट अंक ल्याउन सफल भएकी छिन् । कीर्तिपुरस्थित वडा नं. १० तुँझो टोलमा भिमकुमारी महर्जन र लिलेन्द्र महर्जनको कोखबाट वि.सं. २०५१ सालमा जन्मेकी लिनो महर्जनले बि.आइ.सिटी विषय २०७५ सालमा ७२.२९ प्रतिशत ल्याएर सर्वोत्कृष्ट भएकी हुन् ।

काठमाण्डौंको कुलेश्वरस्थित जनमैत्री बहुमुखी क्याम्पसमा २०७० सालमा अध्ययन प्रारम्भ गरेकी लिनोले गत पौष १६ गते ललितपुरको पुल्चोक इञ्जिनीयरिङ क्याम्पस, खेलकूद मैदानमा त्रिभुवन विश्वविद्यालयको ४४ औं दीक्षान्त समारोहमा प्रधानमन्त्री तथा त्रिविका कुलपति केपी शर्मा ओलीको हातबाट ‘सुशिला देवी शर्मा पुरस्कार–२०७५’ ग्रहण गरेकी छिन् ।

वि.सं. २०७४ सालमै उत्कृष्ट भएतापनि ढिलो रिजल्ट प्रकाशित हुनुका साथै वि.स. २०७५ सालको त्रि.वि. ४४ औं दीक्षान्त समारोहका लागि सर्वोकृष्ट विषयमा सबै विद्यार्थीहरुको नाम लिष्ट निकाल्ने बेलामा उनको मात्रै नाम कारणवश छुटेको पाइएपछि त्रि.वि. परिक्षा नियन्त्रण कार्यालय, बल्खु प्रशासनले भुलचुक सुधार गरेर ब्याचलर अफ इन्फरमेशन एण्ड कम्युनिकेशन टेक्नोलोजी बिषयमा नेपालभरि नै महर्जनले सर्वोत्कृष्ट स्थान हासिल घोषित गरेको हो ।                                                                                                                                  प्रस्तुति :— रिदेन महर्जन

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here