आन्दोलन गर्ने चिकित्सकलाई कारवाहीको चेतावनी !

302

काठमाडौं /  सरकारले देशभरको स्वास्थ्य संस्थाको ओपिडी सेवा ठप्प पार्ने चिकित्सकलाई कारवाहीको चेतावनी दिएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सूचना जारी गर्दै बिरामीको सेवामा नलागी आन्दोलन गर्ने चिकित्सकलाई सेवा सञ्चालन ऐन, २०१४ बमोजिम कारवाही गर्ने चेतावनी दिएको हो ।

डा. गोविन्द केसीको पक्ष लिँदै चिकित्सक संघले देशभरका स्वास्थ्य संस्थामा ओपिडी सेवा ठप्प पारेपछि अस्पतालमा बिरामीले सास्ती भोगेका छन् भने विभिन्न अस्पतालमा टीकट काउन्टर पनि बन्द गरिएको छ ।

यसअघि पनि स्वास्थ्यकर्मी र चिकित्सकलाई आन्दोलन छोडेर सेवामा आउन मन्त्रालयले अपिल गरेको थियो । तर चिकित्सकले आन्दोलनका कार्यक्रम नरोकेको भन्दै पुनः चिकित्सकले सोही रवैया दोहो¥याए कारवाही गर्ने विज्ञप्तिमा उल्लेख गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here