प्रकाण्डका छोरा पक्राउ

86

काठमाडौं /  नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका नेता एवं प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्डका छोरा गोलीसहित पक्राउ परेका छन्।

विराटनगरबाट बिहीबार साँझ प्रकाण्डका २७ वर्षीय छोरा नरेन्द्र विश्वकर्मालाई प्रहरीले पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मोरङले  जनाएको  हो। कालिकोट घर भएका नरेन्द्रको साथबाट नाइन एम एम पेस्तोलमा लोड हुने तीन थान गोलीपनि बरामद भएको  छ।

नरेन्द्र बेलुकाको यति एयरलाइन्सको उडानबाट विराटनगर हुदैं काठमाडौं जाने क्रममा विराटनगर विमानस्थलमा पक्राउ परेका हुन्।

मोरङ प्रहरीका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक घनश्याम श्रेष्ठले विमानस्थलमा सुरक्षा चेकजाँचका क्रममा गोली फेला परेपछि नरेन्द्रलाई पक्राउ गरिएको जनाए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here