वन मन्त्री शक्ति बस्नेतकी भतिजी मृत फेला

49

ललितपुर /  वन तथा वातावरणमन्त्री शक्ति बस्नेतकी भतिजी मृत अवस्थामा फेला परेकी छिन् । मृतक बबिता ऊर्जामन्त्री वर्षमान पुनका प्रेस सहयोगी रोशन खड्काकी श्रीमती हुन् भने बनमन्त्री बस्नेतकी दाइको छोरी हुन् ।

मन्त्री शक्ति बस्नेतकी भतिजी बबिता बस्नेत ललितपुरको बालकुमारी स्थित वेस्टार अपार्टमेन्टमा बस्ते गर्थिन । उनले आइतबार आत्महत्या गरेको महानगरीय प्रहरी परिसर ललितपुरका एसएसपी रवीन्द्र धानुकले सञ्चारमाध्यमलाई जानकारी दिए ।

प्रहरीका अनुसार वेस्टार अपार्टमेन्टको उनको फ्ल्याटमा बबिताले सलको पासो लगाएर आत्महत्या गरेको अवस्थामा शव फेला परेको हो ।

आइतबार बिहान १० बजेसम्म नउठेपछि बबिताकी नन्दले ढोका ढकढक्याउँदा नखुलेपछि प्रहरीलाई खबर गरेकी थिइन् । प्रहरीको भनाइ छ ।

त्यसपछि पुगेको ललितपुर प्रहरीको टोलीले ढोका फोरेर हेर्दा पासो लगाएको अवस्थामा मृत शरीर फेला परेको प्रहरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here