कोहलपुर नजिकै एक युवकमाथि सांघातिक आक्रमण

182

काठमाडौं / घरबाट काठमाडौं विदेशका लागि हिडेका एक युवक माथि सांघातिक आक्रमण भएको छ ।

कोहलपुर नजिकै राप्ती सोनारी २ अगैया बजारमा राप्ती सोनारी ४ लटनिया निवासी २५ बर्षिय देवेन्द्र बुढामगर माथि अगैया बजारमा सांघातिक आक्रमण भएको हो ।

मगरमाथि छुरा, खुकुरी प्रहार भएको छ । शनिबार साँझ खुकुरी प्रहारबाट उनको टाउँको र शरिरको विभिन्न भागमा गहिरो घाउँ भएको हो । ईलाका प्रहरी कार्यालय धामपुरका प्रहरी नायव निरिक्षक कमल थापा क्षेत्रीका अनुसार घटनामा संलग्न ओपेन्द्र केसी, ओपेन्द्र बुढा र भुपेन्द्र थापा मगरलाई पक्राउ गरि अनुसन्धान थालिएको छ ।

घटनामा संलग्न मुख्य दोषी मदन भण्डारी,निमकान्त भण्डारी,फेमश खड्का र गगन फरार रहेका छन् । उनीहरुको खोजीकार्य भइरहेको छ । घाइते मगरको मेडिकल कलेज कोहलपुरमा उपचार भइरहेको र अवस्था सामान्य भइसकेको प्रहरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here