श्रीमतीका रिसले आफ्नै छातीमा बन्दुकको गोली

143

उदयपुर /  श्रीमतीसँग घरयासी विवाद भएपछि आत्महत्याका लागि एक युवाले आफ्नै छातीमा गोली हानेका छन् ।

रौतामाई गाउँपालिका-५ रातमाते बस्ने वर्ष ३८ का निरबहादुर राई घरमै राखेको भरुवा बन्दुक आफ्नै छातीमा पड्काउँदा गम्भीर घाइते भएका हुन् ।

जिल्ला प्रहरी उदयपुरका एसपी चन्द्रदेव राईका अनुसार घरमा सामान्य रूपमा श्रीमतीसँग भनाभन हुँदा आवेगमा आई आत्महत्याका लागि भरुवा बन्दुक छातीतिर फर्काई पड्काउँदा राई अहिले गम्भीर घाइते भएका हुन्। शनिबार दिउँसो राईले बन्दुक आफ्नै छात्तीतिर फर्काएर पडकाएका हुन्।

‘घाइते राईको छातीमा ठूलो घाउ छ।’ एसपी राईले भने, ‘घाइते राईलाई स्थानीयले उपचारार्थ जिल्ला अस्पतालमा प्राथामिक उपचारपछि विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा भर्ना गरिएको छ।’ भने बन्दुक प्रहरीले बरामद गरी थप अनुसन्धान सुरु गरेको जिल्ला प्रहरी कार्यालय उदयपुले जनाएको छ।

ग्रामीण भेगमा सिकार खेल्न स्थानीय घरमा अवैधानिक रूपमा राखेको भरुवा बन्दुकका कारण विभिन्न प्रकारका घटना हुँदै आइरहेका छन्। गाउँघरमा राखिएको भरुवा बन्दुक नियन्त्रण गर्ने बेला आएको प्रहरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here