पाकिस्तानले यस वर्ष पनि काश्मिरीहरुसंग एेक्यवद्धता जनायाे   

27

काठमाडौं / पाकिस्तानी दुतावासकाे अायोजनामा काठमाडौंस्थित पाकिस्तानी दुतावासकै परिसरमा अाज कश्मिर साेलिड्यारिटी डे, अर्थात काश्मिर एेक्यवद्धता दिवस  मनाईयाे ।

कार्यक्रममा पाकिस्तानी राजदुत डा. मजहर जावेदले काश्मिर स्वतन्त्रताकाे मुद्दा याे त्यहाँका जनताकाे अधिकारसंग जाेडिएकाे र याे मुद्दा यस क्षेत्रकै शान्ति र स्थायित्वसंग जाेडिएकाे विचार व्यक्त गर्नुभयाे ।

कार्यक्रममा नेपालका परराष्ट्रविद् एवम् पूर्व राजदुत हिरण्यलाल श्रेष्ठले काश्मिरकाे अान्दाेलनलाई भारतले अाफ्नाे प्रतिष्ठाकाे विषय बनाउन नहुने तर्क प्रस्तुत गर्दै संयुक्त राष्ट्र संघकाे मध्यस्थतामा समस्या समाधान गर्नु पर्नेमा जाेड दिनु भयाे ।

कार्यक्रममा वरिष्ठ पत्रकार राजन कार्कीले पनि काश्मिरकाे मुद्दा समाधानमा संयुक्त राष्ट्र संघकाे पहल अावश्यक भएकाे धारणा राख्नु भयाे ।

कार्यक्रममा पाकिस्तानका राष्ट्रपति र प्रधानमन्त्रीकाे सन्देश पढेर सुनाईएकाे थियाे । साे क्रममा काश्मिरी जनताकाे अान्दाेलनकाे भिडिअाे पनि प्रदर्शन गरिएकाे थियाे ।

कार्यक्रममा नेकपा (माले) का महासचिव सिपी मैनाली लगायत विभिन्न राजनीतिक दलका नेताहरुका साथै सञ्चारकर्मीहरुकाे बाक्लाे उपस्थिति थियाे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here