क्यान निलम्बन फुकुवा चाँडै : मन्त्री विश्वकर्मा

204
o'jf tyf v]ns"bdGqL hutaxfb'/ ljZjsdf{ l/kf]6{; Sna g]kfnn] d+unaf/ cfof]hgf u/]sf] ;fIffTsf/ sfo{qmddf cfkmgf] dGtJo /fVb} . t:jL/ M s'df/ rf}nfufO{ /f;;

काठमाडौँ/युवा तथा खेलकूदमन्त्री जगतबहादुर विश्वकर्माले अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) ले छिटै नेपाल क्रिकेट सङ्घ (क्यान) माथि लगाएको निलम्बन फुकुवा गर्ने बताउनुभएको छ । रिपोर्टस क्लब नेपालले आज गरेको साक्षात्कार कार्यक्रममा मन्त्री विश्वकर्माले आइसिसीले दिएको मार्गचित्रअनुसार क्यानको पाँच सदस्यीय तदर्थ समिति गठन गरेर नयाँ नेतृत्वका लागि चुनावको तयारी भइरहेको जिकिर गर्नुभयो ।

साधारणसभा तथा नयाँ नेतृत्व चयनको विषयलाई लिएर देखिएको क्यान विवादले उग्ररूप लिएपछि आइसिसीले २०७३ वैशाखमा क्यानलाई निलम्बन गरेको थियो । आइसिसीले भनेअनुसार विधान संशोधन पनि भइसकेको स्मरण गराउँदै मन्त्री विश्वकर्माले क्यानका निर्वाचित पदाधिकारीले अदालतमा मुद्दा हालेकाले निलम्बन फुकुवा गर्न ढिलाइ भएको बताउनुभयो । सरकारकै पहलमा निर्वाचित पदाधिकारीलाई मुद्दा फिर्ताको निवेदन दिन लगाइसकिएकाले अब प्रक्रियागत ढङ्गले क्यानमाथिको निलम्बन फुकुवा हुने मन्त्री विश्वकर्माको भनाइ थियो ।

निलम्बनपछि क्रिकेट खेलाडीले पाउँदै आएको पारिश्रमिक रोकिएको थियो । आइसिसीको निलम्बनमा पर्नुअघि क्यानले खेलाडीलाई ‘ए’, ‘बी’ र ‘सी’ गरी तीन श्रेणीमा वर्गीकरण गरी सम्झौता गरेर सन् २०१५ को जनवरीदेखि मासिक तलब दिन शुरु गरेको थियो । तर, निलम्बनमा परेसँगै क्यानले खेलाडीको तलबसमेत रोकेको छ ।  ‘ए’ श्रेणीमा पर्ने खेलाडीले मासिक रु ३५ हजार, ‘बी’ श्रेणीका खेलाडीले मासिक रु २५ हजार र ‘सी’ श्रेणीका खेलाडीले मासिक रु १५ हजारका दरले पछिल्लो दुई वर्षको तलब पाएका छैनन् ।

हिजो मात्र बसेको मन्त्रिपरिषद् बैठकले युएइविरुद्धको टि–२० र एक दिवसीय शृङ्खला जितेर आएका खेलाडीलाई जनही रु पाँच लाख दिएर सम्मान गर्ने निर्णय गरेको पनि मन्त्री विश्वकर्माले सो अवसरमा जानकारी दिनुभयो । खेलाडीलाई खेल्ने उचित वातावरण, पूर्वाधार र पारिश्रमिकका लागि सरकार प्रतिबद्ध रहेको भन्दै उहाँले खेलाडीलाई खेलेर भविष्य सुनिश्चित गर्नसक्ने अवस्थामा पु¥याउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here