“जाले रुमाल” भिडियो सार्वजनिक

253

काठमाडौं/गायक तथा संगीतकार टम्पशेर राईको शब्द संगीतमा रहेको “जाले रुमाल” गीतको भिडियो भखरै सार्वजनिक भएको छ । मेलिना राई र निनम हाङ् राईको स्वरमा रहेको गीतमा केकी अधिकारी र रवि सिंहको अभिनय गरेका छन् । आमोश तामाङको एरेन्जमा रहेको उक्त गीतलाई अर्जुन अधिकारीले निर्देशन गरेका थिए । हरेक मानिससँग आ-आफ्नै एउटा प्रतिभा रहनु स्वभाविकै हो । तर कसै-कसैसँग यस्तो प्रतिभा हुन्छ । जो जुनसुकै क्षेत्रमा पनि त्यतिकै सक्रिय हुन्छन् । त्यसमध्येमा एक संगीतकार टम्पशेर राई पनि हो । उनले गीत गाउनेदेखि गीत लेख्ने, संगीत भर्ने र अभिनयसमेत गरिसकेका छन् ।

विगत लामो समयसम्म रेडियोमा कार्यरत संगीतकार तथा गायक टम्पशेर राई पछिल्लो समयमा स्टेज कार्यक्रम सञ्चालकको रुपमा निकैनै लोकप्रियता कमाएका छन् । राईले दर्जन भन्दा बढी गीतहरु लेखिसकेका छन् भने त्यतिकै गीतमा संगीत र स्वर दिएका छन् । संगीतकार टम्पशेर राईले पछिल्लो समयमा आफ्नै शब्द संगीत र स्वरमा धेरै म्युजिक भिडियोहरु बजारमा ल्याइसकेका छन् ।

हेर्नुहोस् भिडियो:

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here