कविता मार्फत बलात्कार र व्यभिचार विरुद्ध आक्रोश

359

चिसो माघे झरिलाई स्वागत गर्दै कविहरुले बलात्कार र व्यभिचारका विरुद्ध कविता मार्फत आफ्ना अभिब्यक्तिहरु प्रस्तुत गरेका छन् ।

मानव अधिकार तथा शान्ति समाजको नियमित मासिक कार्यक्रम शान्ति काव्य प्रवाहको ७६ औँ श्रृंखला अन्तर्गत २४ माघ २०७५ मा काठमाण्डौँमा सम्पन्न भएको कार्यक्रममा २९ जना कविहरुले आफ्नो रचना प्रस्तुत गरेका थिए ।

मानव अधिकार तथा शान्ति समाजका सभापति उत्तम पुडासैनीको सभापतित्वमा सम्पन्न ७६ औँ शान्ति काव्य प्रवाहमा कोषाध्यक्ष रामकृष्ण बरालले कार्यक्रम संचालन गर्नुभएको थियो भने कविहरु ज्ञानुवाकर पौडेल, रत्ननिधि रेग्मी, मेनका पोख्रेल आचार्य, ऋचा, शारदा पराजुली, कल्पना काफ्ले, अतृप्त पाण्डे, बाबुराम लामिछाने, भुवन सिवाकोटी, प्रकाशमणी दाहाल, डा। जीबन अधिकारी, त्रिभुवनचन्द्र वाग्ले, मुकुन्द न्यौपाने, उर्मिला पन्त पाण्डेय, कुशुम शर्मा, पुन्य गौतम विश्वास, गगनदीप सर्व, भाग्यशाली अधिकारी, रविन्द्र आशिस शैली, बिजयध्वज थापा, त्रिपुरा पौडेल, दुर्गा तिवारी, प्रिती कौर, जसध्वज गुरुङ्ग, निर्मल पराजुली, रुद्र अधिकारी, ओमप्रसाद कोईराला, पुस्कर भट्टराई र अनिता यात्री सहित २९ जना कविहरुले रचना प्रस्तुत गर्नुभएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here