समाजवाद र साम्यवादको यात्रा लामो हुन्छ : अध्यक्ष दाहाल

235

चितवन/पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल अहिले समाजवाद र साम्यवादको लामो यात्रामा रहेको बताउनुभएको छ । भुवानीप्रसाद पौडेलको छैटौँ दिनको श्रद्धाञ्जलि सभामा युगौँयुग लामो यात्रामा रहेकाहरु कदम कदम गरेर अघि बढ्नुपर्ने बताउनुभयो ।

उहाँले भन्नुभयो, “अबको राज्य समाजवाद उन्मुख राज्य हो । हाम्रो बाटो समाजवादको हो भन्ने संविधानमा नै व्यवस्था छ ।” कम्युनिष्ट बाहेक अरूले बनाएका संविधानमा शिक्षा, स्वास्थ्य र रोजगारलाई मौलिक अधिकारका रुपमा नराख्ने भन्दै आफूहरुले लोकतन्त्रवादीसँग मिलेर बनाएको संविधानमा ती कुरा समावेश गरिएको बताउनुभयो ।

आर्थिक अवस्था कमजोर भएर पढ्न नपाउनेलाई पढाउने, बेरोजगारीलाई रोजगारी दिने र उपचार नपाउनेलाई उपचार दिने काम राज्यको भएको उहाँले बताउनुभयो । पुरानो संस्कारलाई वैज्ञानिक, वस्तुवादी र प्रगतिशील दृष्टिकोणले विस्थापित गर्दै जानुपर्ने दाहालको भनाइ थियो । उहाँले स्व पौडेलले पार्टीलाई पु¥याएको योगदानको चर्चा गर्नुभयो ।

दाहालले भन्नुभयो, “आफ्नो राजनीतिक यात्रामा माडीमा बस्ने घर पौडेलको रहेको थियो ।” विसं २०३६ को आन्दोलनपछिका समयमा पौडेलले पार्टी पङ्क्तिमा रहेर खेलेको भूमिका सराहनीय रहेको बताउनुभयो ।

सो अवसरमा नेपाल कम्युनिष्ट पार्टी ९नेकपा०का प्रदेश नं ३ का अध्यक्ष नारायण दाहाल, नेत्रप्रसाद पाठक, प्रेम रिमाल, स्व। पौडेलका जेठा छोरा सन्देश पौडेल लगायतले स्व पौडेलका बारेमा बोल्नुभएको थियो । विसं २००५ मङ्सिर २७ गते स्याङ्जामा जन्मनुभएका पौडेलको यही माघ १९ गते मृत्यु भएको थियो । पौडेल जिल्लाका अग्रणी कम्युनिष्ट नेता
हुनुहुन्थ्यो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here