घुस दिन खोज्ने प्रहरीको फन्दामा !

92

काठमाडौं / काठमाडौं महानगरपालिका-४ सुकेधारास्थित प्रहरीलाई १ सय रुपैयाँ घुस दिन खोज्ने मिनबहादुर तामाङलाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ ।

सुकेधारा चोकमा महानगरीय प्रहरी प्रभाग सुकेधाराबाट खटिएको प्रहरी टोलीले बा ५ ख ४४०१ नम्बरको टिपर जाँच गर्ने क्रममा रुट परमिट नभएकोले टिपर चालक तामाङले प्रहरीलाई उक्त रकम घुस दिन खोजेका थिए ।

यसैगरी काठमाडौं महानगरपालिका-३ बसुन्धरास्थित चोकबाट प्रहरीलाई ५ सय रुपैयाँ घुस दिन खोज्ने आशिष थापा र बिकाश थापालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी बृत्त महाराजगंजबाट ट्राफिक प्रहरी सहित खटिएको प्रहरी टोलीले ग ८ प १०५९ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरुले मादक पदार्थ सेवन गरेको र कागजपत्र जाँच गर्ने क्रममा प्रहरीलाई उक्त रकम घुस दिन खोजेका थिए ।

यसैगरी काठमाडौं महानगरपालिका-३२ बागबजारस्थित प्रहरीलाई १ हजार रुपैयाँ घुस दिन खोज्ने काठमाडौं महानगरपालिका-२१ लगन डेरा गरी बस्ने दोलखा घर भएका ३४ वर्षीय दिलिप बस्नेतलाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ । उनले मादक पदार्थ सेवन गरी पार्किङ गरी राखेको मोटरसाइकललाई लात्तीले हानी ढलाईरहेको अवस्थामा महानगरीय प्रहरी बृत्त कमलपोखरीबाट खटिएका प्रहरीले फेला पारी सोधपुछ गर्दा उक्त रकम घुस दिन खोजेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here