विप्लव नेतृत्वको बुद्धिजीविमा नयाँ कार्यसमिति गठन

129

परासी /  विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी निकट नेपाल राष्ट्रिय प्राध्यापक संगठनको चौंथो राष्ट्रिय सम्मेलन नयाँ केन्द्रीय समिति गठन गर्दै  सम्पन्न भएको छ।

शनिबार सम्पन्न भएको सो सम्मेलनमा डा. मोहन खतिवडाको नेतृत्वमा २५ सदस्यीय नयाँ कार्यसमिति गठन भएको हो ।

उपाध्यक्षमा डा.भगवानचन्द्र ज्ञवाली, महासचिवमा हिमलाल पराजुली, सचिवमा खोपीराम वली र कोषाध्यक्षमा भीमबहादुर भण्डारी छन् ।

सदस्यहरुमा कृष्ण घिमिरे, धर्म थापा, डा. तीर्थ श्रेष्ठ, हरिचन्द्र कमली, प्रेमसिंह भाट, कुम्भराज बडुवाल, भुवन मल्ल, वंशिधर आचार्य, सूर्यप्रसाद भट्टराई, गणेश राना, शेरचन्द्र गिरी, हेमराज पौडेल, सुशिल भट्टराई, सागर अधिकारी, डा. शिवशंकर बस्याल छन् ।

पश्चिम नवलपरासीको सुनवल नगरपालिका भूमहीमा दुई दिनसम्म सञ्चालन भएको सम्मेलनले १४ बुँदे शैक्षिक घोषणा पत्रसमेत जारी गरेको छ ।

सम्मेलनले विश्वविद्यालयमा सुधारका लागि विभिन्न माग रखेको छ भने सम्मेलनले  घोषणापत्रमै छात्रवृत्ति लगायत मुद्दा उल्लेख गर्दै आफ्ना माग पूरा नभए आन्दोलनमा उत्रिने उनीहरुको चेतावनी छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here