काठमाडौंको गोंगबुबाट डेढलाख नक्कली नोटहरु बरामद

168

काठमाडौं / काठमाडौंको गोंगबुबाट एक जनालाई एक हजार दरका नक्कली नोटसहित प्रहरीले विशेष सूचनाका आधारमा पक्राउ गरेको छ ।

सूचनाका आधारमा खटिएको प्रहरी टोलीले शनिबार राति नक्कली नोटसहित कारोबारमा संलग्नताको आरोपमा एक जनालाई पक्राउ गरेको हो ।

उक्त आरोपमा पक्राउ पर्नेमा गोंगबुमा डेरा गरि बस्दै आएका पोमबहादुर कुँवर रहेको प्रहरीले जनाएको छ ।

कुँवर र उनका सार्थी हिक्मत मियाँ गोंगबुस्थित गौमती सिर्पालीको घरमा भाँडामा बस्दै आएको भएपनि मियाँ भने अहिले फरार रहेको प्रहरीले जनाएको छ ।

प्रहरीले कुँवरको कोठामा तलासि गर्दा १ लाख, ५२ हजार रकमको नक्कली नोटहरु फेला परेपछि उनलाई नक्कली नोटको कारोबारमा संलग्नता जोडिएको आशंकामा अनुसन्धानका लागि पक्राउ गरेको जनाएको छ ।

उनका साथी मियाँको खोजि कार्य भैरहेको र छिट्टै पक्राउ गरिने प्रहरीले जनाएको छ । पक्राउ परेका कुँवरमाथि प्रहरीले अनुसन्धान प्रकृया जारी राखेको बताएको छ । घटनाको विषयमा अन्य जानकारी आउन बाँकी छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here