प्लाष्टिक व्यवसायी उप समितीको प्रथम साधारण सभा

94

दाङ /  प्लाष्टिक  व्यावसायी उप समिती घोराहीको प्रथम साधारण सभा सम्पन्न भएको छ । कार्यक्रमम समितीका अध्यक्ष ओमप्रकाश पोख्रेलको अध्यक्षता तथा दाङ जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष नारायणप्रसाद भुसालको प्रमुख आथित्यतामा भएको थियो ।

कार्यक्रममा वोल्दै प्रमुख अतिथी भुसालले राज्यले विभिन्न नाममा व्यवसायिहरुको ढाड सेक्ने काम गरी रहेको जनाए । यस प्रकारको कार्य वन्द हुनु पर्ने जनाए । व्यवसायिहरु लाई व्यवसाय गर्ने वातावरण निर्माण गर्ने बातावरण निर्माण गर्ने तर्फ राज्य लाग्नु पर्ने उनको भनाइ रहेको थियो । व्यवसायिहरु आफनो हक अधिकारको लागि एक्तावद्ध भएर अगाडि वढनु पर्ने उनको भनाइ रहेको छ ।

व्यवसाय विना दर्ता सञ्चालन गर्ने नहुने जनाए । राज्यको निती अनुसार दर्ता गरेर मात्र व्यवासाय अगाडि वढाउनु पर्ने उनको भनाइ रहेको थियो । कार्यक्रममा हाडवेयर व्यवसायि समितीका सचिव नारायण पुरी, व्युटिसियन उप समितीका अध्यक्ष बविता खनाल, समितीका सचिव दोर्ण घिमिरे, लगाएतकाले भनाइ राखेका थिए । कार्यक्रमको सहजिकरण खेमराज भण्डारीले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here