सुशीललाई चेस उपाधि

14

कीर्तिपुर /  पुष्पसदन आवासीय मा.वि, कीर्तिपुरद्धारा आयोजित तेस्रो हरिशरण महर्जन स्मृति खुल्ला फिडे रेटिङ्ग चेस टुर्नामेन्टको उपाधि थापाथली चेस पार्कका सुशील चौधरीले जितेका छन् । स्वीस लिगअन्तर्गत ७ चरणमा उनले ६ जीत र एक बराबरी खेलेका थिए । सुशीलले उपाधिसँगै नगद २० हजार रूपैयाँ हात पारे ।

तीन दिने टुर्नामेन्टमा समान ६ अंक भए पनि प्रोग्रेसिव टाईब्रेकमा गोल्डेनगेट कलेजका निकेन कुसाथा दोस्रा, खोटाङ्गका संजय राई तेस्रा, गोल्डेनगेटका युवराज पौडेल चौथो र काठमाडौंँ चेस क्लबका महेश्वरलाल डङ्गोल पाँचौंं भए । उनीहरूले नगद क्रमशः रू १० हजार, ७ हजार, ५ हजार र ३ हजार प्राप्त गरे । १८०० भन्दा कम रेटिङ भएका खेलाडीहरूले मात्र भाग लिन पाउने प्रतियोगितामा १०४ जना खेलाडी सहभागी थिए । कार्यक्रममा थापाथली चेस पार्ककै शान्ति धिमाल उत्कृष्ट महिला खेलाडीका रूप पुरस्कृत भइन् । त्यसै गरी राइजिङ स्टारमा रोजेश तामाङ्ग (पुष्पसदन स्कुल) पुरस्कृत भए ।

यसै गरी अन्तर्स्कुल टुर्नामेन्टमा अन्नपूर्ण मा.वि. ज्याठा कान्तिपथ २ स्वर्ण, १ रजत र १ काँस्यसहित प्रथम, त्रियोग हाई स्कुल १ स्वर्ण, १ रजत र १ काँस्यसहित दोस्रो भए ।

विजयी तथा सहभागीहरूलाई कार्यक्रम संयोजक निमा लामाको सभापतित्वमा प्रमुख अतिथि नेपाल बुद्धिचाल संघका अध्यक्ष एकालाल श्रेष्ठले पुरस्कृत गर्नुभयो । टुर्नामेन्टमा २१ वटा स्कुलहरूबाट १८३ जना खेलाडीहरू सहभागी थिए । विद्यालयतर्फ सबैभन्दा कान्छो खेलाडीमा ब्रिटिश स्कुलका लक्ष्य मोरे (५ वर्ष) पुरस्कृत भए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here