भारतको झारखण्ड राज्यमा प्रसाद खाएपछि ४० बिद्यार्थी बिरामी

194

लोहारदागा/भारतको झारखण्ड राज्यमा रहेको एक विद्यालयमा वसन्त पञ्चमीको उपलक्ष्यमा वितरण गरिएको प्रसाद ग्रहणपछि ४० जना बिद्यार्थी बिरामी परेका छन् । पुजापछि विद्यालयमा वितरण गरिएको मिठाई खाएपछि ती बालबालिका विरामी परेका र उपचारपछि उनीहरुको अवस्थामा सुधार आएको बताइएको छ ।

झारखण्ड राज्यमा अवस्थित सदार अस्पतालका एक चिकित्सक एस सा खालिदले बिरामी भएर ४० जना विद्यार्थी अस्पतालमा उपचारको लागि आएका र तीमध्ये दुई जनाको अवस्था गम्भीर रेहको बताउनु भएको छ । ती बिद्यार्थीहरुलाई बिषाक्त खानेकुरा परेको र उनीलाई पेट दुख्ने र बान्ता हुने समस्या देखा परेको खालिदले बताउनु भएको छ । हाल उनीहरुको उपचार भइरहेको खालिदले थप जानकारी दिनु भएको छ ।यस घटानको अनुसन्धान भइरेहको जिल्ला शिक्षा अधिकारीले बताउनु भएको छ । यस घटनाका दोषीलाई कारबाही गरिने पनि उहाँले जानकारी दिनुभएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here