३३ किलो सुनकाण्डमा विराटनगर उच्च अदालतका न्यायाधीश पनि फसे

62

विराटनगर / साढे ३३ किलो सुनकाण्डका आरोपितहरूलाई छाड्ने विवादास्पद आदेश गरेको आरोपमा  विराटनगर उच्च अदालतका न्यायाधीशद्वय जनक पाण्डे र साधुराम सापकोटा पनि न्यायपरिषद्मा तानिएका छन् । उनीहरूलाई विस्तृत छानविनका लागि न्यायपरिषद् तान्ने निर्णय भएको हो ।

 यसअघि पनि सोही साढे ३३ किलो सुनकाण्डमा विवादास्पद आदेश गरेको आरोपमा विराटनगर उच्च अदालतका ५ जना न्यायाधीशलाई तानिएको थियो । न्यायाधीशहरु नागेन्द्र लाभ कर्ण, थीरबहादुर कार्की, सारङ्गा सुवेदी, उमेशराज पौडेल र उमेश कुमार सिंहलाई परिषद सचिवालयमा तानिएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here