साउदी युवराजमोहम्मद बिन सलमान भारत आउने

171

नयाँ दिल्ली/साउदी अरबका युवराज मोहम्मद बिन सलमान दुई दिने औपचारिक भ्रमणका लागि भारत आउनुहुने भएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा हुन लागेको भ्रमण यही फेब्रुअरी १९ देखि सुरु हुने अधिकारीहरुले जनाएका छन् । युवराज सलमान नेतृत्वको उच्चस्तरीय भ्रमण टोलीमा मन्त्रीहरु, उच्च सरकारी अधिकारीहरु, उच्च स्तरीय व्यवसायीलगायत सहभागी हुने भएका छन् ।

आसन्न भ्रमणका क्रममा युवराज सलमानले भारतीय प्रधानमन्त्री मोदीसँग दुई पक्षीय हित र आपसी सम्वन्धका बारेमा छलफल गर्ने तालिका रहेको छ । त्यसैगरी उहाँले राष्ट्रपति रामनाथ कोभिन्द र उपराष्ट्रपति एम भेन्कैह नायडुलाई पनि भेट्ने कार्यक्रम रहेको विदेश मन्त्रालयद्धारा जारी वक्तव्यमा उल्लेख छ । गत सन् २०१६ को अप्रिलमा भएको प्रधानमन्त्री मोदीको सफल साउदी भ्रमणपछि युवराज सलमानको यो भारत भ्रमण हुन लागेको हो । भ्रमणका क्रममा दुई देशका बीचमा केही सहयोग तथा सहकार्य सम्वन्धी सम्झौताहरु पनि हुने अधिकारीहरुले जनाएका छन् ।

भारत र साउदी अरबका बीचमा पुरानो, ऐतिहासिक र सुमधुर सम्वन्ध रहदै आएको छ । दुई देशको सरकारीस्तरमा मात्रै नभई नागरिक स्तरमा पनि सम्वन्ध राम्रो र साझेदारी हुदै आएको छ । भारतको भ्रमण अघि उहाँ पाकिस्तानको पनि दुई दिने भ्रमणमा जाने कार्यक्रम रहेको छ । उहाँ यही फेब्रुअरी १६ तारिखका दिन पाकिस्तानको राजधानी शहर इस्लामावाद जाने कार्यक्रम तय भएको अधिकारीहरुले जनाएका छन् । भ्रमणको सुरक्षा व्यवस्थाका लागि सुरक्षा टोली र स्वास्थ्यकर्मी र संचारकर्मीहरुको टोली पनि सोमबार नै इस्लामावाद पुगिसकेको विभिन्न सञ्चार माध्यमहरुले जनाएका छन् । गत वर्षको अक्टोबरमा पाकिस्तानी प्रधानमन्त्री इमरान खानले साउदी अरबको भ्रमण गर्नु भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here