हिरो गोल्डकपमा इरानलाई ३-० हराउँदै नेपाल फाइनलमा प्रवेश

185

भारत/हिरो गोल्डकपअन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले इरानलाई ३-० ले पराजित गर्दै फाइनलमा प्रवेश गरेको छ । जितका लागि सावित्रा भण्डारीले २ र अनिता बस्नेतले एक गोल गरेका थिए । खेलको पहिलो हाफमा अनिता बस्नेतले गोल गर्दै १-० ले अग्रता दिलाएकी थिइन् ।

नेपालका लागि अनिता बस्नेतले ४१ औं मिनेटमा गोल गरेकी हुन् । गीता रानाको लामो फ्रिकिकमा रिबाउन्ड आएको बललाई दिपा राईले फ्लिक गर्ने प्रयास गरेकी थिइन् । उक्त बल फुस्केपछि अनिता बस्नेतले पेनाल्टी क्षेत्रबाहिर टर्नमा भली प्रहार गर्दै उत्कृष्ट गोल गरेकी थिइन । त्यस्तै दोस्रो गोलको रुपमा सावित्रा भण्डारीले ५९ मिनेटमा गोल गरिन् । २-० को अग्रता दिलाइन् । त्यस्तै सावित्रालेनै ८९ मिनेटमा गोल गरिन् । नेपालले अन्तिम समय तिर गोल गर्दै ३-० ले हराएपछि फाइनल यात्रा पक्का गरेको हो । नेपालले फाइनल भारत र म्यानमार मध्य एकसँग खेल्ने छ ।

आजै हुने अर्को खेलमा म्यानमारले भारतविरुद्ध जित वा बराबरी खेलेमा नेपाल र म्यानमारले प्रतियोगिताको फाइनल खेल्नेछन् । भारतले जित दर्ता गरेको खण्डमा भने गोलअन्तर अनुसार विभिन्न समीकरणहरु बन्नेछन् । नेपालको फाइनल यात्रा भने पक्का पक्किनै छ ।

 

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here