जनयुद्ध दिवसको अवसरमा जनयुद्ध संग्रहालयको शुभारम्भ

785

साँस्कृतिक संग्रहालय नेपालको विशेष परियोजना अन्तर्गत माओवादी जनयुद्ध दिवसको विशेष अवसरमा जनयुद्ध संग्रहालयको शुभारम्भ गरिएको छ । आज एक प्रेस विज्ञप्ती मार्फत साँस्कृतिक संग्रहालय तथा जनयुद्ध संग्रहालयले जनयुद्ध संग्रहालय, नेपालको स्थापना गर्ने लक्ष्य राखेको जनाएको छ ।

माओवादी जनयुद्ध थालनी भएको २ दशक नाघि सकेको छ । १० बर्षे सशस्त्र जनयुद्धको बृहत शान्ति स्थापनापछि २४० बर्षे राजतन्त्रको अन्त्य, मुलुकमा गणतन्त्र स्थापना, संविधानसभा निर्वाचन, नेपाल संविधानको घोषणा, स्थानीय र आम निर्वाचन र स्थायी सरकार लगायतका महत्वपूर्ण घटनाक्रमलाई माओवादी जनयुद्धकै परिणामका रूपमा हेरिदैँ आएको छ । माओवादीले जुन लक्ष्यका साथ जनयुद्धमा होमिए, त्यो लक्ष्य पूर्ण रूपमा सफल भए नभए पनि यसले मुलुकको विकट र दुरदराजका जनतामा चेतनाको विकास र आफ्नो हक अधिकारका लागि संघर्ष गर्नुपर्छ भन्ने सन्देश सम्पूर्ण नेपालीले पाएकोे छ ।

यस साँस्कृतिक संग्रहालय नेपालको विशेष परियोजनाको रूपमा ‘ऐतिहासिक घटनाक्रमलाई साक्षात्कार गर्रौ’ मूल नाराका साथ माओवादी जनयुद्ध सम्बन्धी थप संकलन, अध्ययन र अनुसन्धान गर्दै जनयुद्धको शुभारम्भदेखि नेपाल सरकारसंग शान्ति सम्झौतासम्मका घटनाक्रमका ऐतिहासिक तस्बिर, दस्तावेज तथा जानकारीहरू समेटेर जनयुद्ध संग्रहालय, नेपालको स्थापना गर्ने लक्ष्य राखेको छ ।

अभियानका कार्यहरूः

  • यस माओवादी जनयुद्धको ऐतिहासिक घटनाक्रमका तस्विर प्रदर्शनीको तयारीका लागि संग्रहालयका पूर्व उपाध्यक्ष प्रकाश दाहाल साकार को संयोजकत्वमा गठन भयो । तयारी तथा संकलनको क्रममा पूर्व उपाध्यक्ष प्रकाश दाहालको दुःखद निधन भयो । हामी उहा“को सम्झनामा २३ औं जनयुद्ध दिवसको अवसरमा कार्यक्रम आयोजना गर्यो ।
  • यस ऐतिहासिक घटनाक्रमलाई भावि पिढीहरूका लागि जिवन्त राख्ने लक्ष्यका साथ तात्कालिन जनयुद्धका सुप्रिम कमाण्डर, तात्कालिन नकपा (माओवादी केन्द) का अध्यक्ष, पूर्व प्रधानमन्त्री तथा नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) का अध्यक्ष माननीय पुष्पकमल दाहाल ‘प्रचण्ड’ बाट मितिः २०७४/१०/२४ गते जनयुद्धको ऐतिहासिक घटनाक्रमलाई अभिलेखिकृत गर्न अभियानको संरक्षकत्व ग्रहण गर्नु भई हामीलाई हौसला प्रदान गर्नु भयो ।
  •  यसैक्रममा सांस्कृतिक संग्रहालय नेपालले माओवादी जनयुद्धको विशेष सम्झनामा ‘माओवादी जनयुद्धको २ दशक'(ऐतिहासिक फोटो प्रदर्शनी) को मितिः २०७४/११/०३ – ०७ गतेसम्म नेपाल आर्ट काउन्सिल, बबरमहलमा आयोजना गरिसकेकोे छ ।
  • यस संग्रहालयले संकलन कार्यलाई निरन्तरता दिदैं २०७६ सालमा माओवादी जनयुद्धको २५ वर्षको विशेष अवसरमा जनयुद्ध संग्रहालय स्थापना गर्ने अभियान आजैबाट शुरू गरिएको छ । यस अभियानका संयोजक क्षितिज अरूण श्रेष्ठ र सचिवमा आस्था के.सी. रहेको छ ।
  • यस संग्रहालयले आज मिति २०७४/११/०१ गते जनसांस्कृतिक महासंघ नेपालले आयोजित २४ औं जनयुद्ध दिवसको विशेष कार्यक्रममा फोटो प्रदर्शनी गरियो ।
  • हाल यस संग्रहालयसंग जनयुद्धका ५५०० तस्बिर, १२० थान अडियो–भिडियो, केही पोशाक तथा दस्तावेजहरू संकलन भई सकेको छ ।

आह्वानः
यस संग्रहालयको स्थापनाले जनयुद्धले पारेका सकारात्मक प्रभावहरूलाई आम जनमानसले जानकारी गराउनुका सक्रिय कार्यकर्ताका साथै दिवगंत जनयौद्धाहरूको त्याग र बलिदानको उचित सम्मान हुनेछ ।

नेपालको राजनीतिका प्रमुख घटनाक्रमका इतिहासको खोजबीन गर्नु र यसका विशिष्ट व्यक्तिहरू तस्बिर र दस्तावेजको पाउन अति नै दुर्लभ रहेको छ । देशमा गणतन्त्रको सुत्रधारको रूपमा रहेको जनयुद्धको उल्लेखनिय भूमिका इतिहासलाई भावि पिढीहरूको सामु जिवन्त राख्न जनयुद्ध संग्रहालयको सक्रिय भूमिका हुनेछ ।

जनयुद्धका ऐतिहासिक उपलव्धीहरू समयमा नै संकलन र संरक्षण गर्न सकिएन भने भविष्यमा हराउने र लोप हुन सक्नेछ । तसर्थ यस अभियान निकै जटिल र चुनौतीपूर्ण कार्य भएको हुँदा यहाँहरूबाट जनयुद्ध सम्बन्धी तस्बिर, जानकारीहरू उपलव्ध गराई दिनु हुनका साथै अमूल्य राय, सल्लाह, सुझाव र सहयोगको यस संग्रहालय सदैव स्वागत र कदर गर्दछ । हाम्रो सफलता नै यहाँहरूको पनि सफलता हुनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here