‘भ्यालेन्टाइन्स डे’मा ‘सिंगल’लाई निःशुल्क चिया

191

एमबीए चायवाला नामको चिसा पसलका संस्थापक प्रफुल बिलोरले भ्यालेन्टाइन्स डेको दिन सबै सिंगललाई निःशुल्क चिया खुवाउने घोषणा गरेका छन् ।

उनीहरूले फेसबुकमा एउटा पेज पनि बनाएका छन् जसको नाम राखिएको छ, ‘Free Chai For Sngles’। उक्त फेसबुक पेजमा लेखिएको छ – ‘यो भ्यालेन्टाइन्स डेमा, एमबीए चायले सबै सिंगलबारे सोचेका छन् ।

निःशुल्क चिया, धेरै माया र प्रेरणा । आउनुहोस्, एमबीए ।’ यसबारे जानकारी दिँदै संस्थापक भन्छन्, ‘जोडीले मात्र सबै कुरामा मज्जा लिने भन्ने छ ? सिंगललाई पनि पुल्पुल्याउन आवश्यक छ । त्यसकारण यसवर्ष हामी सिंगलका लागि निःशुल्क चिया बाँड्दै छौं ।’ भ्यालेन्टाइन्स डे मा बिहान सात बजेदेखि बेलुकी १० बजेसम्म चिया बाँडिने उनले जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here