पत्रकार धमलालाई ‘शान्ति तथा मानवता’ अवार्ड

164

काठमाडौं / रिपोर्टर्स क्लब नेपालका सभापति ऋषि धमलालाई ‘शान्ति तथा मानवता’ अवार्ड प्रदान गरिएको छ ।

शनिबार काठमाडौंको होटल ¥याडिसनमा बज्रकिल्या प्रोडक्शनले आयोजना गरेको ‘फस्ट ईन्टरनेश्नल पिस एण्ड ह्युमानिटी कन्फेरेन्स’ कार्यक्रमका बीच पत्रकार धमलालाई फिलिपिन्सकी राजकुमारी हर हाईनेस मारिया लियोनोरा टोरेशले उक्त अवार्ड प्रदान गरेकी हुन् । शान्ति तथा मानवताको क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याएको भन्दै धमलालाई उक्त अवार्ड प्रदान गरिएको आयोजकले जनाएको छ ।

कार्यक्रममा महानायक राजेश हमाललाई पनि उक्त अवार्डबाट सम्मानित गरिएको थियो । त्यस्तै आयोजकले फिलिपिन्सकी राजकुमारी हर हाईनेस मारिया लियोनोरा टोरेशलाई पनि उक्त अवार्ड प्रदान गरेको थियो ।

उक्त सम्मेलनमा माईकल ज्याक्शन फाउण्डेशन, नेल्शन मण्डेला फाउण्डेशन र उहाँहरुको परिवारसँग निकट रहि एडभेन्चर ह्युमानिटी नामक संस्था सञ्चालन गर्दै आएको र क्यान्स फिल्म फेस्टिभल फ्रान्सको अन्तर्राष्ट्रिय संयोजक रिचर्ड निल्शन, स्वर्गीय माईकल ज्याक्शनका अर्को अवतार भनि प्रसिद्धि कमाएका अन्तर्राष्ट्रिय कलाकार मासाकी माईकल, कम्बोडियाका प्रधानमन्त्रीका सल्लाहकार डा. साम दराथलगायतको सहभागिता रहेको थियो ।

आयोजक संस्था बज्रकिल्या प्रोडक्शनका चिफ कोअर्डिनेटर तेन्जिङ भुटियाले आजको सम्मेलन अत्यन्तै सफल भएको प्रतिक्रिया दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here