किरात प्रदेश नाम राख्न दवाव दिने यायोक्खाको तयारी

89

मोरङ /  किरात समुदायको साझा संस्था किरात राई यायोक्खाको १० औं राष्ट्रिय महाधिवेशन मार्फत १ नम्बर प्रदेशको नाम किरात राख्न दवाव दिने तयारीमा रहेको सो संगठनले जनाएको छ ।

महाधिवेशन सुनसरीको धरासनमा फागुन १८ देखि २० गतेसम्म हुदैछ । सम्मेलनको लागि ‘इतिहास, भूगोल, संस्कृति र सभ्याताको सम्मान, १ नम्बर प्रदेश किरात प्रदेश समग्र प्रदेशवासीको आव्हान’ भन्ने मुख्य नारा तय भएको संगठनको केन्द्रीय अध्यक्ष तिलक राईले जनाए ।

महाधिवेशनको तयारी बारे शनिबार काठमाडौं कोटेश्वर स्थित कार्यालयमा पत्रकार सम्मेलनको आयोजना गरी सो विषयमा जानकारी गराएको हो ।

महाधिवेशन मार्फत प्रदेशको नाम किरात राख्न प्रदेश सभालाई दवाव दिइने यायोक्खा केन्द्रीय महासचिव जीवन हताचो राईले जनाए । किरात कुनै एउटा जाति नभएर इतिहास, भूगोल, सभ्यता, संस्कृति, साझा मनोविज्ञान भएको भन्दै यस अघिदेखि नै यायोक्खाले प्रदेशको नाम किरात राख्नु पर्ने प्रस्ताव राख्दै आएको थियो । भूगोलको सम्माण र प्रदेशवासीको चाहना पुरा गर्न नाम किरात राखिनुपर्ने यायोक्खा केन्द्रीय उपाध्यक्ष दिवस राईले जनाए ।

प्रदेश १ को हिउदे अधिवेशन माघ २० गतेदेखि शुरु भएको छ । यायोक्खाले यही अवसर पारेर धरानमा १० औं राष्ट्रिय महाधिवेशन गरेर प्रदेशको नाम किरात राख्न थप दवाव दिने तयारी गरेको हो ।

महाधिवेशन अघि यायोक्खाको ताप्लेजुङ, पाँचथार, इलामा, झापा, मोरङ, सुनसरी, उदयपुर, ललितपुर, भक्तपुर, काठमाडौं, बारा, पर्सा लगायतका जिल्ला मधिवेशनहरु गरिसकेको यायोक्खा केन्द्रीय उपमहासचिव तथा प्रचारप्रशार विभाग प्रमुख भीम राईले जनाए । त्यसैगरी आठ वटा भातृ र २८ वटा भाषिक संस्थाहरुको अधिवेशन मार्फत प्रदेश १ को नाम किरात राख्न प्रदेश सरकारलाई दवाव दिइएको यायोक्खा केन्द्र तथा प्रचार समितिका सदस्य अर्जुन जम्नेली राईले जनाए ।

राष्ट्रिय महाधिवेशन मार्फत प्रदेश सभालाई दवाव दिन जिल्लाहरुमा भित्तेलेखन, व्यानरिङ, पोष्टरिङ, ¥याली, जुलुस लगायतको कार्यक्रम भइरहेको पत्रकार सम्मेलनमा जानकारी दिए ।

त्यसैगरी फागुन १५ गते झापाको काँकडभिट्ट, धरानको सुनसरीदेखि मोटरसाइकल ¥याली मार्फत प्रदेश सभाको कार्यालय विराटनगर पुगेर सभालाई किरात नाम बारे दवाव दिने कार्यक्रम रहेको यायोक्खा केन्द्रीय अध्यक्ष तिलक राईले जनाए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here