बैंकिङ क्षेत्रको विषयमा विद्यावारिधि गर्नेलाई १० लाख !

89

 काठमाडौं / नेशनल बैंकिङ इन्ष्टिच्युट ९एनबीआई०ले बैंकिङ क्षेत्रका विषयमा विद्यावारिधि गर्नेलाई १० लाख रुपैयाँ दिने घोषणा गरेको छ ।

बैंकले स्थापनाको १० वर्ष पूरा गरेको अवसरमा आयोजित विशेष समारोहमा संस्थाका अध्यक्ष लक्ष्मी प्रपन्न निरौलाले उक्त घोषणा गरेका हुन् ।

बैंकिङ क्षेत्रका समस्या पहिचनाका साथै समग्र बैंकिङ क्षेत्रलाई फाइदा पुर्‍याउने विषयमा सोध गर्नेलाई १० लाख रुपैयाँ उपलब्ध गराउने उनको भनाइ छ ।

अध्यक्ष निरौलाले यसका लागि कार्यविधि बनाउने जानकारी दिँदै सोध छनोटका लागि एउटा विज्ञ समूह बनाउने र समूहले छनोट गरेपछि रकम उपलब्ध गराउने जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here